काठमाडौं- प्रथम अटो व्यवसायी दिवस २०८२ को अवसरमा नेपाल रिकन्डिसन अटो व्यवसायी संघ केन्द्रीय समितिद्वारा आयोजित वृहत्रक्तदान तथा सरसफाइ कार्यक्रम आज सोमबार सफलता पूर्वक सम्पन्न भएकोछ।
ललितपुरको कुसुन्तीस्थित यातायात व्यवस्था कार्यालयको प्राङ्गणमा संघका अध्यक्ष रमेश कोइरालाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा ७० जना भन्दा बढीले रक्तदान गरेकाछन्।
Advertisement
संघका सल्लाहकार रुद्रढुंगेलका अनुसार देशभरका अटोव्यवसायीहरू कार्यक्रममा सहभागी भई रक्तदानमा सक्रियरूपले संलग्न भएका थिए। उनले संघले विगतमा पनि यस्ता सामाजिक उत्तरदायित्वसँग सम्बन्धित कार्यक्रमहरू गर्दै आएको जानकारी दिँदै आगामी दिनहरूमा अझ प्रभावकारीरूपमा निरन्तरता दिने प्रतिबद्धता व्यक्तगरे।
कार्यक्रममा मन्तव्य राख्दै अध्यक्ष कोइरालाले प्रत्येक वर्ष जेठ २६ गतेलाई ‘अटो व्यवसायी दिवस’ कारूपमा मनाउने निर्णय गरिएको उल्लेख गरे। उनले सेकेन्ड ह्याण्ड अटो मोबाइल्स कारोबारमा संलग्न सम्पूर्ण व्यवसायीहरू लाई एकताको सूत्रमा आबद्ध गराउँदै अटोव्यवसायीको अधिकार, हित र पहिचान प्रवर्द्धन गर्न योदिवसले सशक्त माध्यमको भूमिका खेल्ने विश्वास व्यक्तगरे।
साथै, उनले संघको गत वर्ष सम्पन्न निर्वाचनपछि केही व्यवसायीहरूले असन्तुष्टि जनाउँदै छुट्टै धारसमातेको प्रसंग उठाउँदै आपसी संवाद र सहकार्य मार्फत समाधान खोज्न आग्रह गरे। उनलेव्यावसायिकएकता र समन्वयकोस्पिरिटलाईकमजोरपार्नेभ्रमात्मकगतिविधिहरूतत्कालबन्दगर्न र समस्तव्यवसायीहरूलाईसाझाउद्देश्य र हकहितमाकेन्द्रितहुनआह्वानगरे।
संघद्वाराआयोजितउक्तकार्यक्रमसामाजिकउत्तरदायित्वनिर्वाहकोएउटासकारात्मकअभ्यासकारूपमासराहनीयरह्यो।









