म्याग्दी — नेपाली कांग्रेस मंगला गाउँपालिका–५ अर्मन वडा इकाइ सभापति तुलसीराम सापकोटाको भीरबाट लडेर मृत्यु भएको छ ।
Advertisement
बुधबार साँझ सोही वडाको धारागाउँबाट पिपलबोटस्थित घरमा जानेक्रममा बीचमा पर्ने लाम्मेलाको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
राति सापकोटा घर नआएपछि परिवार र छिमेकीले खोजी गर्दा लाम्मेलाको भीरमा गोरेटोबाटोबाट अन्दाजी ५० मिटर तल मृत अवस्थामा फेला परेका थिए । सापकोटाको शव पोष्टमार्टमका लागि सदरमुकाम बेनी अस्पतालमा ल्याइएको छ ।









