योग समिति नेपालको ४५औं योग केन्द्र खजुरा १ मा भव्य शुभारम्भ सम्पन्न 

नेपालगञ्ज मै   केन्द्रिय कार्यालय रहेकोे   योग समिति नेपालले खजुरा गाउँपालिका,वडा  नम्वर १ बाकेमा ४५औं योग केन्द्रको भव्य उद्घाटन गरेको छ। उक्त उद्घाटन कार्यक्रममा ४५ अाै याेग केन्द्रका संयाेजक पुष्पा थापा याेग समिती नेपालका पदाधिकारी सदस्य , विभिन्न केन्द्रका संयाेजक , उपसंयाेजक , याेग प्रशिक्षक ,   लगायत ३१औं  योग केन्द्र का ,३५औं  योग केन्द्रका  ३७ औ योग केन्द्र ४२औं  योग केन्द्र ४३औं  केन्द्र का योगि मनहरूकाे   उपस्थित रहेको थियो उक्त कार्यक्रममा  खजुरा  गाउँपालिकाका वडा  न १का  अध्यक्ष   मनबिर क्षेत्री एवं याेग गुरूद्वारा पानसमा बत्तीबालेर कार्यक्रमकाे सुभारम्भ गरिएकाे  थियो । कार्यक्रममा बाेल्दै  अध्यक्षले योग समिति  नेपाल  संग  सधैं  हातेमालो गर्दै  समिति को लक्ष्य  पालिका को नागरिक  स्वस्थ  बनाउने  अभियानमा योग समिति  नेपाललाई  सधै साथमा लिएर  जाने प्रतिबद्धता  ब्यक्त गनुभयाे । समितीका सचिव  चिरञ्जीवी ज्ञवालीले संन्चालन  गर्नुभएको  कार्यक्रममा खजुरा गाउँ पालिका स्वास्थ्य   युनिटका प्रमुख  दिपक  ढकालले शुभकामना मन्तब्य दिदै  उहाँले योग समिति नेपालमार्फत नेपाली समाजमा फैलिएको स्वदेशी चेतना, शारीरिक तथा मानसिक स्वास्थ्यप्रति जागरूकता, बाके  जिल्ला मा नै केन्द्रिय कार्यालय  स्थानियहरु बाट सुरु गरिएको  सस्था  योग समिति  नेपाल  नेपाली  शुद्धता ,नेपाली कर्म  वीरहरु नेपालीहरुले गरेको  नेतृत्व  अनुशासन  प्रति  गर्विलो योग परम्पराको ,  गुरु  परम्पराको  पूर्वीय दर्शनको खुलेर प्रशंसा गर्नुभयो।आफु जहाँ  गए  पनि आफु पनि योग समिति  नेपाल  को सदस्य को  नाताले पनि  समितिको  आदर्शलाई  मानि पद  मा रहदा  न रहदा सदा  सर्बदा  समर्पित  हुने  प्रतिबद्वता ब्यक्त गनु भयाे । ४५औं  योगकेन्द्र का प्रमुख  संयोजक  पुस्पा थापाले कार्यक्रम काे उदस्य माथि प्रकाश  पार्नु    भएको  थियो  भने १२ का वडा  संयोजक  पुस्पा  खनालले याेग कविता वाचन गर्नु भएको थियो  भने योग को महत्त्वकाे बारेमा   जानकी योग केन्द्र एबम जल पोखरी  योग केन्द्र का प्रमुख संयोजक  उषा नेपालले बताउनु  भएको  थियो । उक्त कार्यक्रममा योग गुरु आयुर्वेदाचार्य गिरिराज ज्युले  स्वास्थ्य  नै  धन हो  शान्ति  नै शक्ति हो भन्दै  हरेक  दिनको  सुरुवात योग  बाट  गर्नुपर्ने सुझाव दिदै उर्जाशील प्रवचनसहित योगासन, सुष्म क्रिया, प्राणायाम र ध्यानको माध्यमबाट उपस्थित सम्पूर्णलाई प्रेरित गर्नुभएको थियो। उहाँले “केवल शरीर  मात्र बलियो हुनु स्वास्थ्य होइन, शरीर, मन, मस्तिष्क र समाजसँगको सन्तुलन नै साँचो स्वास्थ्य हो।”धेरै  समय योग गुरु ले आहार -बिहार   रहन-सहन  जीवन शैली  को  बारेमा चर्चा गर्नु  भएको  थियो ।

खजुराका महिला दिदिबहिनीकाे टिमले पन्चे बाजा बजाएर केन्द्रीय कार्यालय बाट गएकाे टाेलिलाई स्वागत गर्नु भएकाे थियाे ।कार्यक्रम मा केही  योगि कलाकारले आ अाफ्नाे प्रतिभा  पस्कनु  भएको थियो । कार्यक्रमको अन्त्यमा ४५औं योग केन्द्र व्यवस्थापन समितिको  गठन गरियाेकाे छ । प्रमुख संयोजकमा योग प्रशिक्षक   पुस्पा थापा ,संयोजक कमान सिह साउद ,सदस्यहरू जय लाल अधिकारी ,हस्त  बहादुर  शाही ,रमेश  थापा ,सुक माया  थापा ,मन कुमारी  थापा ,भक्त  बहादुर थापा  ,किसन थापा ,नन्दलाल  थापा ,अरूणा कुमारी  गुरुङ ,भुवन  सिंह ,लालु माया थापा , नैनसरा आले ,सिता मल्ल रहनु भएकाे छ भने सल्लाहकारहरुमा मन बिर क्षेत्री ,नबराज थापा हुनुहुन्छ । योग समिति नेपालले स्थायी रूपमा नेपाली समाजमा योगमार्फत सकारात्मक परिवर्तन ल्याउने महान अभियानलाई नेतृत्व दिइरहेको छ। गुरु गिरिराजज्युको मार्गदर्शन र निर्देशनमा  नेपालका टोल–टोलमा योगको उज्यालो फैलिएको छ। यस ४५औं केन्द्रले पनि उक्त उज्यालोलाई अझ व्यापक बनाउने विश्वास लिइएको छ याेग गुरूले बताउनु भयाे ।

Advertisement

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु