न्यायधिसलाई मोसो दल्नु न्यायपालिका माथी आक्रामणः न्यायधिस समाज

 

काठमाडौं, ३० जेठ । उच्च अदालत, वीरगञ्ज इजलासका न्यायाधीश डा‍‍. खुसीप्रसाद थारु र अर्जुन महर्जनमाथि इजलासमै मोसो प्रहार भएको घटनाप्रति न्यायाधीश समाजले आपत्ति जनाएको छ।

Advertisement

 

समाजले शुक्रबार विज्ञप्ति जारी गरी न्याय सम्पादनको सिलसिलामा इजलासमा काम गरिरहेको अवस्थामाथि न्यायाधीशहरुमाथि आक्रमण हुनुलाई निन्दनीय भनेर टिप्पणीसमेत गरेको छ। समाजले सो मोसो दल्ने जस्तो घृणित आक्रमणलाई न्यायाधीशमाथि मात्रै नभई सिंगो न्यायपालिका माथिकै आक्रमणको रूपमा टिप्पणीसमेत गरेको छ । साथै, समाजले सो घटनामा संलग्नलाई कानूनी दायरामा ल्याई कारवाही गर्न मागसमेत गरेको छ ।

 

हिजो नेकपा बहुमतका कार्यकर्ताहरु उच्च अदालतको बीरगञ्ज इजलासमा गएर न्यायाधीशद्दय थारु र महर्जनमाथि मोसो छ्यापेका थिए ।

ज्यान मुद्दाका आरोपित कांग्रेस पूर्वसांसद मोहम्वद आफ्ताव आलम लगायतलाई सफाई दिएको भन्दै उनीहरुले इजलासमै न्यायाधीशहरुमाथि दुर्व्यवहार गरेका थिए ।

 

प्रहरीले सो घटनामा संलग्न रहेका तीन जनालाई पक्राउ गरिसकेको छ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु