डेंगीबाट पाल्पामा ८४ वर्षीय पुरुषको मृत्यु

 

पाल्पा — पाल्पामा डेंगी संक्रमणबाट माथागढी गाउँपालिका–२, रुप्सेका ८४ वर्षीय पुरुषको डेंगी संक्रमणबाट मृत्यु भएको छ । उनको उपचारका क्रममा तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा मृत्यु भएको हो ।

Advertisement

 

मृतक पुरुषमा डेंगी, स्क्रबटाइफसलगायत अन्य समस्या देखिएको र उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । उनी असोज २७ गते भर्ना भएर उपचारमा थिए ।

जिल्लाको मिसन अस्पताल, पाल्पा अस्पताल, लुम्बिनी मेडिकल कलेजमा डेंगीबाट ६ सयभन्दा बढी संक्रमित भेटिएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु