बालापुर क्षेत्रमा आतंक मचाउने अर्को चितुवा पनि नियन्त्रणमा

गुलरिया— गुलरिया नगरपालिका–५ बालापुरस्थित थारु सामुदायिक वनबाट आइतबार बिहान अर्को चितुवालाई नियन्त्रणमा आएको छ । बालापुर क्षेत्रमा आतंक मचाउँदै आएको अर्को चितुवा डिभिजन वन कार्यालय बर्दियाले केज थापेर नियन्त्रणमा लिएको हो ।

यसअघि गत जेठ २१ गते पोथी चितुवा नियन्त्रणमा आएको थियो । डिभिजन वन कार्यालयले राखेको क्यामरामा दुई वटा चितुवा देखिएको थियो । जेठ २१ गते एक पोथी चितुवा नियन्त्रणमा आए पनि अर्को चितुवा नियन्त्रणमा आउन सकेको थिएन ।

Advertisement

sikta

डिभिजन वन कार्यालय बर्दियाकासुचना अधिकारी रामकुमार चौधरीका अनुसार नियन्त्रणमा लिइएको चितुवा सुरक्षित स्थानमा छोड्ने तयारी भइरहेको छ ।

गत जेठ १४ गते गुलरिया नगरपालिका–५ बालापुरकी ७ वर्षीया सायरा थारु र गत बैशाख १५ गते गुलरिया नगरपालिका–८ डम्पिङ साइड सर्जु सामुदायिक वनमा चितुवाको आक्रमणबाट ९ वर्षीया मेलिना खड्काको मृत्यु भएको थियो ।

 

 

चालु आर्थिक वर्षमा चितुवाको आक्रमणबाट १ महिला, २ बालिका र १ बालकको मृत्यु भइसकेको छ ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु