Advertisement
बर्दिया । नाम चाँदनी थापा । घर गेरुवा गाउँपालिका । हाल बसाई बाँसगढी नगरपालिका वडा न. ६ दमौलालिी चोक । यति बेला उनी सबैको नजरमा परेकी छन् । धेरैले उनको प्रशंसा गरिरहेका छन् । कतिपयको हेर्ने दृष्टिकोण फरक छ । महिला भएर पनि उनी कापल काट्ने (शैलुन) पेशा अपनाएकी छन् । पुरुषको कपाल, दाह्री बनाउँछिन् । यही पेशाले २२ वर्षीया चाँदनीलाई एकाएक चर्चामा ल्याएको हो । एक गैर सरकारी संस्थाबाट शैलुन तालिम पाएपछि उनले यो पेशा अपनाएकी हुन ।
सुरुमा चाँदनीका दाजु दमौलीमा शैलुन खोलेका हुन । पछि उनी बैदोरोजगारमा जाने भन्दै गेरुवाबाट दमौली गाउँ आएकी हुन । एक वर्षे दमौली बसाईमा उनले दुई खाले चर्चा कमाईन । पहिलो महिलाले पनि केही गर्न सक्छन भन्ने उदहरण बनिन् । अर्को केटी मान्छेले पुरुषहरुको कपाल दाह्री काट्छिन भन्ने नकारात्म सोचाई । तर, उनले त्यसको परवाह नगरी अगाडि बढिरहीन । र, हाल सफलता चुम्ने क्रममा छिन् ।
भन्छिन, मलाई पुरुषको कपाल काटेको देखेर यहाँका मान्छे देखेर छक्क पर्थे । कोही त नराम्रो दृष्टिकोणले हेर्थे । कुनै परवाह गरिन । अहिले दैनिक १ हजारदेखि १५ सय सम्म कमाई गर्छु ।
चाँदनी थापा थारु भाषामा मजाले कुराकानी गर्न सक्छिन् । उनले त्यसको पनि कारण खोलिन, बुबा थापा हुनुहुन्छ । आमा थारु । त्यसैले थारु भाषा बढी बोल्छु । उनले भविष्यमा ठूलो शहरमा शैलुन खोल्ने सपना पनि बुनेकी छन् ।









