बाँकेका सांसद धवल तीन लाख धरोटी राखेर रीहा

काठमाडौँ — राप्रपा महामन्त्री तथा बाँकेका सांसद धवल शमशेर राणा ३ लाख रुपैयाँ धरौटी राखेर रिहा भएका छ्न । काठमाडौं जिल्ला अदालतले तीनकुने घटनाका आरोपी उनलाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।

 

Advertisement

 

चैत १५ गते राजावादी आन्दोलनमा हिंसा मच्चाएको आरोपमा पक्राउ परेका राणा गत वैशाख ७ गते हाजिरी जमानीमा रिहा भएका थिए ।

क्यान्सरका बिरामीसमेत रहेका उनलाई उपचारका निम्ति सरकारी वकिलको कार्यालयको सहमतिको हाजिरी जमानीमा छाडिएको थियो । हिंसात्मक प्रदर्शनपछि राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री राणालगायतका नेता कार्यकर्ता पक्राउ परेका थिए । हाजिरी जमानीमा छुटे पनि मिश्र भने सम्पर्कमा रहेका छैनन् ।

हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोपमा मुद्दा लागेका दुर्गाप्रसाद प्रसाईं, तारा राजावादी भन्ने सरोज गौतम, अनुप राजावादी भन्ने गोकर्ण शाही, डण्डपाणि रेग्मी, केशव बस्नेत, कुमार तामाङ र सुशील बराल भने अदालतको आदेशपछि पुर्पक्षका लागि डिल्लीबजार कारागार चलान भइसकेका छन् ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु