रबिन्द्र मिश्र अदालतमा हाजिर, थुनछेक बहस जारी

 

काठमाडौं, ४ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र अदालतमा उपस्थित भएका छन् । सर्वोच्च अदालतको बन्दी प्रत्यक्षीकरण मुद्दावाट रिहाइ भए पछि सम्पर्कबिहिन भएका भनिएका मिश्र आज अदालतमा हाजिर भएका हुन ।

Advertisement

 

उनी काठमाडौं जिल्ला अदालतमा हाजिर भएसँगै उनको मुद्दामा थुनछेक बहस सुरू भएको छ।

 

यसअघि राप्रपा महामन्त्री धवल शमशेर राणा पनि अदालतको सम्पर्कमा नआए पछि खोजी सुरू भए पछि हिजो अदालतमा उपस्थित भएका थिए । उनी माथीको थुनछेक बहस पछि हिजो नै ३ लाख धरौटीमा रिहा भइसकेका छन् ।
गत चैत १५ गते तीनकुने, काठमाडौंमा भएको राजावादी आन्दोलनको क्रममा उपद्रव मच्चाएको आरोपमा मिश्र र राणालाई सोही राती पक्राउ गरिएको थियो ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु