सुन तोलामा २५ सय रूपैयाँले घटयो

 

काठमाडौं, ३ असार । आज सुनको मूल्य तोलामा २५ सय रुपैयाँले घटेको छ ।

Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ९५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार भने सुन प्रतितोला १ लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

 

यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेर २ हजार १६० रुपैयाँ कायम भएको छ । गत सोमबार चाँदी प्रतितोला २ हजार १६५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु