छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं, ३ कात्तिक/  रूपन्देही, मायादेवी गाउँपालिका-६ बेथरीस्थित सडकमा भैरहवाबाट लुम्बिनीतर्फ जाँदै गरेको लु.१ ख ८१९१ नम्बरको ट्रकको ठक्करबाट साइकलयात्री सोही गाउँपालिका-२ बस्ने ४४ वर्षीया गंगा सुवेदीको बिहीबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको सिटी अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दाङ, घोराही उपमहानगरपालिका-८ बनगाउँस्थित सडकमा नारायणपुरबाट बनगाउँतर्फ जाँदै गरेको रा.१ प ४५०३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा चालक सोही उपमहानगरपालिका-६ चोरगाउँ बस्ने २३ वर्षीय सुमन चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो ।
यसैगरी दाङ, राप्ती गाउँपालिका-५ सिङ्गेस्थित सडकमा काठमाडौंबाट सुर्खेततर्फ जाँदै गरेको बा.९ च ७१९८ नम्बरको स्कार्पियोले रा.६ प ५७३८ नम्बरको मोटरसाइकललाई बिहीबार राति ठक्कर दिँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने २९ वर्षीय सन्तराम चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको स्वास्थ्य चौकी सिसहनियामा उपचारको क्रममा मृत्यु भएको हो । दुवै सवारी साधन र स्कार्पियो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Advertisement

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु