बर्दियामा १५० बढी घरमा पानी पस्यो, दुई वटा राँगा मरे

गुलरिया— शुक्रबार बिहानदेखि सुरु भएको झरीले बर्दियाका केही गाउँ जलमग्न भएका छन् । वर्षाले बर्दियाको बारबर्दिया नगरपालिका–७ दंगपुरुवा गाउँ जलमग्न भएको छ । त्यहाँ करिव डेढ सय घरधुरी घरमा पानी पसेको छ ।

खोलामा आएको बाढीले दुई वटा रांगा, एउटा गोरु मरेको र एउटा बगाएको स्थानीयले जनाएका छन् । यसैगरी ठाकुरद्वारा नगरपालिकाको १ र ४ वडाका केही घरमा पानी पसेको छ ।

Advertisement

 

 

यसैबीच जल तथा मौसम विज्ञान विभागले बिहान ३ बजेदेखि लतपुर, बर्गादही, रम्मापुर, रानिजरुवा र कुम्रागाउँमा रहेको वर्षायाम केन्द्रमा अतिभारी वर्षा भइरहेको जनाएको छ ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु