सुत्केरी महिला मृत फेला, शिशु सकुशल

 

कैलाली। कैलालीको गौरीगङ्गा नगरपालिका–७ को कैलाशपुरमा शुुक्रबार बिहान १९ वर्षीय तुलसी नाथ घर नजिकै मृत भेटिएकी छिन । तर, उनले जन्माएकी नवजात शिशु भने सकुशल छन् ।

Advertisement

जिल्ला प्रहरी कार्यालयका अनुसार इलाका प्रहरी कार्यालय मालाखेतीको टोली घटनास्थल पुगेको छ ।

घटनास्थल पुगेका इप्रका मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रणबहादुर चन्दले मृत भेटिएकी नाथ सुत्केरी अवस्थाको भएको खुुलेको जनाए । उनका अनुसार घरको मूल गेट अगाडिको नालामा मृत भेटिएकाले घटनास्थल सिल गरेर अनुसन्धान अघि बढाइएको छ ।
मृतक नाथको १६ दिनको नवजात शिशु भने सामान्य अवस्थामै भेटिएका छन् । मृत्युु कसरी भएको हो भन्नेबारे अहिले नै भन्न सकिने अवस्था नरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु