बढैयाताल तिलकानामा मोटरसाईकलको ठक्करबाट बृद्धको मृत्यु

बर्दिया- बढैयाताल गाउँपालिका-८ तिलकानास्थित सडकमा कण्ठपुरबाट पचासातर्फ जाँदै गरेको भे.१२ प ४९२ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५८ वर्षीया दिलमाया आचार्यको मृत्यु भएको छ ।

बिहीबार राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएकी उनको न्यूरो अस्पताल नेपालगंज बाँकेमा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको हो ।

Advertisement

मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु