बर्दिया — बर्दियाको मधुवन नगरपालिका-३ धनौरास्थित जंगलमा घाँस काट्ने क्रममा बाघले आक्रमण गर्दा काली वंशीको मृत्यु भएको छ ।
Advertisement
शुक्रबार अपराह्न ४ बजेतिर सम्झना सामुदायिक वनमा घाँस काट्ने क्रममा बाघले आक्रमण गरेको हो । प्रहरीका अनुसार बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको कतरनीयाघाट आरक्ष क्षेत्र जोड्ने अन्तर्राष्ट्रिय जैवीक मार्गमा ती महिलालाई बाघले आक्रमण गरेको थियो ।
महिलाको घटनास्थलमै मृत्यु भएको र शव पोस्टमार्टमका लागि सदरमुकाम गुलरीया लैजाँदै गरिएको डीएसपी बोहोराले बताए । महिलाको शव पौने ५ बजेतिर भेटिएपछि पोस्टमार्टमको तयारी गरिएको प्रहरीले जनाएको छ ।
उक्त सामुदायिक वनमा ४ वर्षयता बाघको आक्रमणबाट १३ जनाको ज्यान गइसकेको छ । मृत्यु हुनेमध्ये अधिकांश घाँस काट्न जाने महिलाहरू नै रहेका छन् । वन कार्यालय, राष्ट्रिय निकुन्ज र प्रहरीले जंगलमा घाँस काट्न जाँदा एक्लै नजान आग्रह गर्दै आए पनि स्थानीयहरू बाध्यतावश एक्लै पनि जाने गर्छन् ।









