हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। देशभर कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, र लुम्बिनी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भ_भागमा आंशिक बदली रहेको छ। कोशी प्रदेश,बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षा भईरहेको छ।
नेपालमा मनसुन साधारणतया जून १३ तारिखमा देशको पूर्वी भू-भागबाट प्रवेश गरी एक हप्ता भित्र विस्तार हुने गर्दछ। यस वर्ष मनसुन सरदर मिति भन्दा १५ दिन छिटो नेपाल प्रवेश गरेको थियो। देशैभर मनसुन विस्तार हुन यस वर्ष २३ दिन लागेको छ।









