नेपालगन्ज — बाँके कारागारमा कैदी जीवन बिताइरहेका सुर्खेत भेरीगंगा नगरपालिका-१०का ४४ वर्षीय खगेन्द्रबहादुर कामीको उपचारका लागि भेरी अस्पताल पुर्याएको केहीबेरमा मृत्यु भएको छ ।
Advertisement
शुक्रबार अस्वस्थ भई भेरी अस्पताल पुर्याइएका कामीलाई चिकित्सकले मृत घोषणा गरेका थिए । कामी लामो समयदेखि अस्वस्थ रहेको र नियमित उच्च रक्तचापको औषधि खाँदै आएका थिए ।
जबर्जस्ती करणी मुद्दामा उनी २०७६ साउन २६ गते जिल्ला कारागार बाँकेमा कैद भुक्तान गरिरहेका थिए ।









