धान रोपाई गर्ने सिजनमा किसानले पाएनन् मल

नेपालगन्ज । किसानलाई धान रोप्ने चटारो भइरहेका बेला बाँके र बर्दियामा मलको चरम अभाव सृजना भएको छ । मल किन्न नपाउँदा यहाँका किसान भारतबाट चोरी गरेर ल्याएको मल प्रयोग गरेका छन् । तस्करीको मल पनि पाउँन मुस्किल हँुदा कतिपय किसानले धान रोप्न समस्या भएको छ । ।

भारतबाट तस्करी गरि ल्याएको मल प्रहरीले पक्राउ गर्दा किसान दोहोरो मारमा परेका छन् । कृषि सामाग्री संस्थान कम्पनी लिमिटेडले खरिद गरेर ल्याएको मल प्रयाप्त छैन ।

Advertisement

कृषि सामाग्री संस्थान कम्पनी लिमिटेडका अनुसार प्रयाप्त मल नभएका कारण बाँके र बर्दियामा मल अभाव भएको हो । बाँकेका लागि ३ हजार मेट्रिक टन युरिया, ६ हजार मेट्रिक टन युरिया र १ सय टन पोटास आवश्यक पर्छ । मल विक्रिका लागि ढेड सय सहकारी संस्था कृषि समाग्री लिमिटेडमा दर्ता छन् । त्यस्तै बर्दिया जिल्लाका लागि युरिया, पोटास र डिएपी गरी १२ हजार टन आवश्यक पर्छ । मल विक्रिका लागि १ सय २० सहकारी संस्था कृषि समाग्री लिमिटेडमा दर्ता छन्।

किसान मुल्य तिर्न तयार छन् तर मल कहाँबाट ल्याउने भन्ने समस्या छ ।
भारतबाट तस्कारी गरी ल्याएको सरदार नामक डिएपी मल कम्तिमा १ हजार ८ सयदेखि २ हजार ५ सय रुपैयाँमा किसानहरु किन्न बाध्य छन् । त्यसरी किनेर ल्याएको मल पनि घरसम्म ल्याउन किसानलाई मुस्किल छ । मल ल्याईरहेको अवस्थामा प्रहरीको निगरानीमा परे पक्राउ पर्ने डर उनीहरुलाई छ । ‘

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु