लुम्बिनी प्रदेश सांसद् रायमाझी विरूद्धको पक्राउ पुर्जी बर्दिया प्रहरीमा अझै पुगेन

बुटवल । जनमत पार्टीकी लुम्बिनी प्रदेशसभा सदस्य सुमन शर्मा रायमाझीविरूद्ध जारी भएको पक्राउ पुर्जी हालसम्म जिल्ला प्रहरी कार्यालय बर्दियामा नआएको पाइएको छ ।

जिल्ला अदालत पर्साबाट रायमाझीविरुद्ध जेठ १६ गते नै पक्राउ पुर्जी जारी भएको थियो । पर्साको पोखरिया बस्ने आशा कुमारी चौहानले बैङ्किङ कसुरमा उनी विरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएकी थिइन् ।

Advertisement

जिल्ला प्रहरी कार्यालय पर्साले असार ३ गते बर्दिया प्रहरीलाई एक पत्र लेखी रायमाझीलाई पक्राउ गरी बुझाइदिन आग्रह गरेको थियो । तर, उक्त पत्र आधिकारिक रूपमा बर्दिया नआएको बर्दिया प्रहरीले जानकारी दिएको छ ।

लुम्बिनी प्रदेशसभा सदस्य रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी, पर्सा प्रहरीद्वारा बर्दिया प्रहरीलाई पत्राचार
लुम्बिनी प्रदेशसभा सदस्य रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी, पर्सा प्रहरीद्वारा बर्दिया प्रहरीलाई पत्राचार
जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक कृष्ण डाँगीका अनुसार रायमाझीको पत्र अझै पनि आधिकारिक रूपमा जिल्ला प्रहरी कार्यालय बर्दिया आएको छैन ।

उनले रातोपाटीसँग भने,’हामीले पनि मिडियामा हेरेर थाहा पाएका छौँ,तर अझै पत्र हामीसम्म आएको छैन, पत्र आएपछि प्रक्रिया जाने छौँ ।’ रातोपाटी ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु