अख्तियारमा लुम्बिनीका १ हजार ५ सय २३ उजुरी

बुटवल — लुम्बिनी प्रदेशमा एकै वर्षमा १ हजार ५ सय २३ उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेका छ्न ।

 

Advertisement

यो आर्थिक वर्ष २०७८/०७९ को तुलमामा २ सय ५७ मा बढी हो । त्यसवर्ष यहाँ १ हजार २ सय ६६ मुद्दा दर्ता भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका प्रमुख योगेन्द्र प्रसाद पाण्डेले बताए ।

दर्ता भएका उजुरीमध्ये एक हजार ५३ अर्थात ६९.१४ प्रतिशत प्रारम्भिक छानबिनबाट फर्स्यौट भएका छन् । त्यसमध्ये २ सय ४५ उजुरी आवश्यक कानुनी कारबाहीका पठाइएका छन् भने २ सय ३२ अन्य मुद्दामा गाभिएका छन् ।

अख्तियारमा जिल्लागत रुपमा सबैभन्दा धेरै रुपन्देहीका ५ सय ८२ वटा मुद्दा दर्ता भएका छन् । त्यसमध्ये ४ सय ८१ फर्स्यौट भएका छन् । दोस्रोमा कपिलवस्तुका २ सय ९२ उजुरी दर्ता भएका थिए । त्यसमध्ये २ सय ३ वटा फर्स्यौट भएका आयोगका बुटवलका प्रमुख पाण्डेले बताए । अख्तियार बुटवल कार्यालयले लुम्बिनीका १० जिल्ला हेर्ने गरेको छ ।

 

 

 

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु