नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक २०८२।८३ का लागि चालु आर्थिक बर्ष भन्दा करिव १४ करोड बढी बजेट ल्याउने तयारी गरेको छ । चालु आर्थिक बर्षमा १ अर्ब ५० करोड ३८ लाख बजेट ल्याइएको थियो । नयाँ आर्थिक वर्षका लागि एक अर्ब ६४ करोड ७१ लाख रुपियाँको बजेट ल्याउने तयारी गरिएको हो ।
Advertisement
मङ्गलबारदेखि सुरु भएको नगरसभाको एक अर्ब ६४ करोड ७१ लाख रुपियाँको अनुमानित आयव्यय प्रस्तुत गरेका छन्। सङ्घीय सरकारबाट सशर्त अनुदान ६२ करोड ६३ लाख, वित्तीय समानीकरण अन्तर्गत २६ करोड ७९ लाख, राजस्व बाँडफाँटबाट २३ करोड, घर जग्गा रजिस्ट्रेसनबाट १२ करोड, आन्तरिक आय २३ करोड स्रोत सहितको बजेट ल्याउन थालिएको छ ।
यसैगरी, विशेष अनुदान एक करोड ३५ लाख, समपुरक अनुदान ५३ लाख, प्रदेश सरकारबाट वित्तीय समानीकरण एक करोड ९० लाख २१ हजार, राजस्व बाँडफाँट दुई करोड ३२ हजार, सशर्त अनुदान दुई करोड २९ लाख, समपूरक अनुदान एक करोड ५० लाख र विशेष अनुदान एक करोड ३५ लाख रुपियाँ लक्ष्य राखिएको छ । जनसहभागिताबाट एक करोड २५ लाख, वन रोयल्टीबाट तीन लाख ६६ हजार र बैँक मौज्दात ११ करोड ४१ लाख आन्तरिक आम्दानी रहने अनुमान गरिएको छ ।
यसअघिका अघिल्ला आर्थिक वर्षहरू मध्ये आर्थिक वर्ष २०८०।०८१ मा एक अर्ब ८५ करोड ३४ लाख पारित भएको थियो भने आर्थिक वर्ष २०७९।०८० मा दुई अर्ब चार करोड ९८ लाखको बजेट पारित गरिएको थियो ।









