काठमाडौं, ११ असार- काठमाडौं, दक्षिणकाली नगरपालिका-१ भैंसीबजारस्थित बागमती खोलाको किनारमा ललितपुर, ललितपुर महानगरपालिका-१४ थसिखेल बस्ने ३७ वर्षीय निरोज ढुङ्गाना मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
रूकुम पश्चिम, सानोभेरी गाउँपालिका-७ रोलखोला बस्ने २४ वर्षीय कमल वली सोही ठाउँस्थित सिंचाई कुलोमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।









