जुवातास खेलिरहेको अवस्थामा चार जना पक्राउ

ललितपुर, ११ असार- गोदावरी नगरपालिका-१४ हाडेगाउँ बस्ने ४६ वर्षीय मदन लामाको चिया पसलमा जुवातास खेलिरहेको अवस्थामा मदन समेत ४ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग बाडेगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७५ हजार ५ सय ५० रूपैयाँ र ८ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Advertisement

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु