बर्षामा सवारी दुर्घटना न्यूनीकरणका लागि सचेतना कार्यक्रम

बाँके । यान्त्रिक तथा मनसुनजन्य सवारी दुर्घटना न्यूनीकरणका लागि सवारी चालकहरुलाई सचेतना गराइएको छ । बाँके कोहलपुर नगरपालिका वडा नं ११ स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके तथा तायात ब्यबस्था कार्यालय नेपालगंज बाँकेको आयोजना र इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेको सहकार्यमा सचेतना कार्यक्रम गरिएको हो ।

यातायात व्यबस्था कार्यालय नेपालगञ्ज बाँकेका कार्यालय प्रमुख श्री रमेश बहादुर बुढाथोकीले उक्त कार्यक्रमले मनसुनजन्य सवारी दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने जनाए ।

Advertisement

कार्यक्रममा विभिन्न यातायातका प्रालिका पदाधिकारी, व्यवसायी,चालक, सहचालक तथा सर्वसाधारणहरुको सहभागिता थियो । कार्यक्रममा मनसुनजन्य सवारी दुर्घटना यान्त्रिक कारणबाट हुने सवारी दुर्घटना न्यूनीकरणका लागि सचेतना दिनुका साथै ३९ वटा सवारीको यान्त्रिक जाँच समेत गरिएको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु