कैलालीको लम्कीमा एक वृद्ध मृत फेला

कैलाली । कैलालीको लम्कीचुहा नगरपालिका–१ का स्थानीय ८० वर्षीय नयाँराम जैशी बुधबार साँझ ५ः३० बजेतिर मृत फेला परेका छन् । भान्जा नाता पर्ने बर्मा भण्डारीको घरको आँगनमा उनी मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रहरीका अनुसार उनको शरीरमा कुनै चोटपटक छैन । मामा र भान्जाबिच आर्थिक लेनदेनको विषय जोडिएको हुनाले बर्मा भण्डारीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ ।

Advertisement

 

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु