सुनिल रेग्मी / नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले आर्थिक ऐन २०८२/८३ मा उल्लेखित छुट तथा सहुलियत सम्बन्धी नयाँ प्रावधानका विषयमा आज नेपालगञ्जमा अन्तरक्रिया कार्यक्रम गरेको छ । आन्तरिक राजस्व कार्यालय नेपालगञ्जको समन्वयमा उद्योग वाणिज्य सङ्घले सो कार्यक्रम गरेको हो।
अन्तरक्रिया कार्यक्रममा आन्तरिक राजस्व कार्यालयका कर अधिकृत विष्णु बहादुर रावतले सूचना प्रविधि र होटलमा आयकर छुट दिने सरकारले नीति लिएको बताउनुभएको छ उहाँले सूचना प्रविधि सेवा बेच्नेलाइ छुटको व्यवस्था रहेको जानकारी गराउनुभएको हो ।
संघका कार्यवाहक अध्यक्ष चिरञ्जीवी ओलीको अध्यक्षतामा भएको कार्यक्रममा बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी,आन्तरिक राजस्व कार्यालय नेपालगंजका प्रमुख पूर्णप्रसाद न्यौपाने, , अर्थविद राजेशकीशर खनाल अरविन्द्र मिश्र लगायतको सहभागिता रहेको थियो।
Advertisement
अन्तरक्रिया कार्यक्रममा नेपालगञ्जका ५० भन्दा बढी व्यापारीको सहभागिता रहेको थियो । आन्तरिक राजस्व कार्यालयले बाँके र बर्दिया गरी दुई जिल्ला हेरिरहेको छ । कार्यालयमा दर्ता भएका कर करदाता सङ्ख्यामा शैक्षिक संस्था २४८ अन्तःशुल्क २९०० आयकर ४२ हजार १५ मूल्य अभिवृद्धि कर ७४७१ ,व्यक्तिगत स्थायी लेखा नम्बर पानमा दर्ता १ लाख ३१ हजार ५९ रहेका छन् । कार्यक्रम संघका महासचिव भीम रानाभाटले सञ्चालन गर्नुभएको थियो









