काठमाडौं । जल तथा मौसम विज्ञान विभागले लुम्बिनी, कर्णाली र सुदूपश्चिम प्रदेशका १२ जिल्लामा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले असार १६ गतेसम्म सतर्कता अपनाउन चेतावनी दिएको छ ।
Advertisement
त्यस क्षेत्रमा मनसुन सक्रिय भएकाले भारीदेखि धेरै भारी वर्षाको चेतावनी जारी गरिएको छ ।
विभागका अनुसार लुम्बिनीका बाँके, बर्दिया र दाङ, कर्णालीका सुर्खेत, दैलेख र सल्यान, सुदूरपश्चिमका बैतडी, डडेलधुरा, डोटी, अछाम, कैलाली र कञ्चनपुर जिल्लामा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । अन्य प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा पनि भारीदेखि धेरै भारी वर्षाको चेतावनी जारी गरिएको छ ।
वर्षा, बाढी र डुबानको जोखिम भएकाले नदी र खोला नजिकको क्षेत्रमा नजान भनिएको छ । साथै सडक र हवाई यातायात समेत प्रभावित हुने सम्भावना रहेकाले मौसमको अध्यावधिक जानकारी लिएर र सडकको अवस्था बुझेर मात्र यात्रा गर्न भनिएको छ ।









