गुलरिया— गुलरिया नगरपालिका–६ स्थित सर्जु सामुदायिक वनमा घाँस काट्न गएको बेला चितुवाको आक्रमणबाट गुलरिया नगरपालिका–७ का ३२ वर्षीय वीरेन्द्र यादव घाइते भएका छन् ।
Advertisement
शनिबार बेलुका ५ बजेतिर चितुवाले यादवलाई आक्रमण गरेको डिभिजन वन कार्यालयले जनाएको छ ।
‘घाइते यादवको अवस्था सामान्य रहेको छ । टाउकोमा चोट लागेको उनको ‘बर्दिया अस्पतालमा उपचारपछि यादव राति नै घर फर्किसकेका छन् ।
गत असार १ गते र जेठ २१ गते गुलरिया नगरपालिका–५ बालापुर स्थित थारु सामुदायिक वनबाट वनले दुई वटा समस्याग्रस्त चितुवालाई नियन्त्रणमा लिइसकेको छ ।









