नेपालगन्ज । शिक्षा विकास तथा समन्वय एकाइ बाँकेले यस वर्ष वर्षको एसईईमा सामुदायिक विद्यालयको नतिजामा सुधार आएको जनाएको छ ।
Advertisement
जिल्लाबाट यस पटक ६२.२३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । त्यस्तै कोहलपुरस्थित बाल विद्या बोर्डिङ स्कुलका छात्रा सिर्जना डिसीले चार जिपिए ल्याउन सफल भएका छन् ।
शिक्षा विकास तथा समन्वय एकाइ बाँकेका एकाइ प्रमुख धनसुदन चौलागाईंका अनुसार जिल्लाबाट ७ हजार ९२१ जना विद्यार्थीले परीक्षा दिएकोमा ४ हजार ९२९ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।









