सवारी दुर्घटनामा दुई जनाको मृत्यु

 

रासस
झापा, कात्तिक ४

Advertisement

उत्तरी झापाको अर्जुनधारा नगरपालिका–३ खुदुनाबारीमा शनिबार भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख नवराज न्यौपानेका अनुसार मिनी ट्रक र स्कुटी ठोक्किँदा स्कुटी चालक अर्जुनधारा–२ गाजाबारीका ३५ वर्षीय याम भट्टराईको घटनास्थलमै र स्कुटरको पछाडि बसेका ३६ वर्षीय रोशन लुंगेली मगरको उपचारको क्रममा विर्तामोडस्थित बिएन्डसी हस्पिटलमा मृत्यु भएको हो।

प्रहरीले मिनीट्रकका चालक अर्जुनधारा–२ का २५ वर्षीय हेमबहादुर श्रेष्ठलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको छ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु