धनगढी । अविरल वर्षापछि धनगढीमा घर डुबानमा परेर फसेका आठ जनालाई प्रहरीले उद्धार गरेको छ ।
Advertisement
जिल्ला प्रहरी कार्यालयकाअनुसार सिताराम रानाको कच्ची घर डुबानमा परेपछि उनीसहित परिवारका चार जना र धनगढी–१३ श्रीलंकाका भागीराम चौधरीका परिवारका चार जनाको उद्धार गरेर स्थानीय नवज्योति आधारभूत विद्यालयमा राखिएको छ ।
लगातारको वर्षाका कारण धनगढी उपमहानगरपालिका क्षेत्रका झन्डै एक हजार घरमा पानी पसेको छ । स्थानीय प्रशासनले धनगढी उपमहानगरपालिका–१, २, ३,४,५,७,८ र १० नम्बर वडा वर्षाका कारण प्रभावित भएको जनाएको ।
आइतबार साँझदेखि निरन्तर वर्षा भइरहेको छ । अहिले जस्तै वर्षा साँझसम्म भएमा धेरै मानिस प्रभावित हुनसक्ने बताउँदै सोही अनुसार तयारी भइरहेको बताए ।









