रौतहट – आफ्नै श्रीमतीको जघन्य हत्यागरी तिनबर्ष देखि फरार रहेका एकजना अभियुक्त लाई रौतहट स्थित प्रहरीले पक्राउ गरेको छ।
पक्राउ परेका जघन्य हत्याका अभियुक्त ईशनाथ नगरपालिका ७ घिउरा गाउँ निवासी फैयाद मियाँ मन्सुरी रहेको रौतहट प्रहरी प्रमुख एसपी नेत्र मणि गिरीले बताए ।
Advertisement
२०७८ माघ २६ गते बिहान करिब १०:४५ बजे ईशनाथ नगरपालिका ४ मठीया टोलस्थित भगाई साहको गहुँको खेतमा २० वर्षीया युवतीको शव फेला परेको थियो।
मृतक युवतीको नाम श्रीमती चाँदनी मन्सुरी रहेको र उनको घाँटी सालले बेरिएको, मुखमा साल कोची जघन्य हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको थियो।
उक्त घटनामा संलग्न रहँदै फरार रहेका मृतकका श्रीमान फैयाद मियाँ मन्सुरीलाई प्रहरीले विशेष सूचनाका आधारमा गत १३ गते पक्राउ गरी आवश्यक अनुसन्धान तथा कानुनी कारवाहीका लागि रौतहट जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी प्रवक्ता तथा सूचना अधिकारी डिएसपी दिपककुमार राय द्वारा आज जारी प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ।
मन्सुरले के कारणले आफ्नै श्रीमतीको हत्या गरेको बारे प्रहरीले खुलाएको छैन।









