बालिकाहरूलाई सीमा पार गराउन खोज्ने ४ जना पक्राउ

लुम्बिनी — लुम्बिनी सांस्कृतिक नगरपालिका–१३ स्थित नेपाल–भारत सीमावर्ती कालीदह नाकाबाट तीन बालिकालाई भारततर्फ लैजाँदै गरेका ४ भारतीय नागरिकलाई  प्रहरी टोलीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत उत्तर प्रदेश राज्यअन्तर्गत गोरखपुर जिल्लाको कैम्पियरगन्ज कुँवर बलुवा निवासी ३८ वर्षीया गीता गौड, १९ वर्षीया नेहा पाण्डे, सोही ठाउँ निवासी २६ वर्षीय प्रमोद कुमार धोबी र नेपाल रुपन्देही गैडहवा गाउँपालिका–६ निवासी १९ वर्षीया निर्मला लोध रहेका छन् ।

Advertisement

नियन्त्रणमा लिइएका चारै जनाविरुद्ध आवश्यक अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी सुरज कार्कीले जानकारी दिए ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु