बुटवल —बजेटमाथि विपक्षी दलहरूले निरन्तर विरोध जनाइरहेका बेला सत्ताधारी दलले भने लुम्बिनी प्रदेशको आगामी आर्थिक वर्षको बजेट आज पास गर्ने तयारीमा छनन् । आज बस थालेको प्रदेश सभाको छैठौं अधिवेशनको १६औँ बैठकमा मन्त्रालयगत छलफल सकेर बजेट पारित गर्नेगरी सत्तागठबन्धनका दलबीच सहमति भएको हो ।
माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले बजेट पुर्नलेखनको माग गरिरहेका छन् । लोसपाले
मंगलबार नै सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
Advertisement
प्रदेश सभाको बुधबारकै बैठकबाट आर्थिक ऐन संशोधन गरेपछि बजेट निर्माणका क्रममा छुटेका प्रदेश सभा सदस्यका योजनाहरूको सूची प्रदेश सभामै पेश गरेर पारित गर्ने तयारी गरेको जनाएको छ ।
बुधबार दिउँसो १२ बजे बस्ने बैठकमा आगामी आव २०८२।०८३ का सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि विभिन्न मन्त्रालय र शीर्षकसम्बन्धी समूहगत छलफल हुने कार्यसूची रहेको प्रदेश सभा सचिव दुर्लभकुमार पुनमगरले बताएका छन्।
लुम्बिनी प्रदेश सरकारले आगामी आवका लागि ३८ अर्ब ९१ करोड रूपैयाँको बजेट ल्याएको छ। उक्त बजेटमा पुँजीगततर्फ २३ अर्ब ४७ करोड १४ लाख ६५ हजार, चालुतर्फ १२ अर्ब १ करोड ४७ लाख ८६ हजार, र स्थानीय तहलाई दिने वित्तीय हस्तान्तरणतर्फ ३ अर्ब ४२ करोड ३७ लाख ४९ हजार विनियोजन गरिएको छ।









