किसानको पीडाः मलविना रोपाई

बर्दिया । मलको चरम अभाव भएका बेला किसानहरुलाई रोपाईको चाटारो छ । किसानले मल किन्न नपाएपछि त्यसै रोपाई गर्न बाध्य छन् । कृषि ज्ञान केन्द्रका अनुसार बर्दियामा करिव ३० प्रतिशत रोपाई भइसकेको छ ।

बर्दियाको पश्चिम क्षेत्रमा सिंचाईको सुविधा भएका कारण रोपाई बढी भएको हो । ठाकुरबाबा नगरपालिका ३ का रामप्रसाद चौधरले स्थानीय कृषि सहकारीमा तीन÷चार पल्ट धाए पनि मल नपाएपछि रोपाई सुरु गरेको बताउँछन् । खेतिपाती गर्र्न ढिलो हुन थालेपछि मलविना नै रोपाई सुरु गरेका हुन । मल नहाल्दा उत्पादन घट्ने उनलाई राम्रो गरी जानकारी छ ।

Advertisement

तर बाध्यताले रोपाई गरिरहेका छन् । ‘मलकै लागि कति दौडनु । जति पल्ट सहकारी पुगे पनि मल छैन भन्दै फिर्ता पठाउँछन्,’ उनको गुनासो छ,‘पैसा तिरेर पनि मल पाइएन । किसानलाई मार भो ।’

रोपाईको चटारो चलिरहेका बेला बर्दिया र बाँकेमा मलको चरम अभाव भएको छ । मल नपाएपछि किसानहरु समस्यामा परेका छन् । मल किन्नका लागि किसानहरु दैनिक दुई÷तीन पल्ट सहकारी पुग्छन् । रित्तै हात फर्किन्छन् । मल नहालेरै रोपाई गरिएका कारण उत्पादन घट्ने कृषि अधिकारी बताउँछन् । चार पल्ट सहकारी धाउदा पनि मल नपाएपछि उनीहरु सरकारप्रति आक्रोसित छन् ।
बर्दियामा बर्दिया जिल्लाका लागि युरिया, पोटास र डिएपी गरी १२ हजार टन आवश्यक पर्छ । मल विक्रिका लागि १ सय २० सहकारी संस्था कृषि समाग्री लिमिटेडमा दर्ता छन् ।

सहकारीले फुटकररुपमा मल ल्याउँदै किसानलाई बिक्री गरिरहेका छन् । कृषि समाग्री लिमिटेडका अनुसार बाँकेका लागि ६ हजार मेट्रिक टन युरिया, ३ हजार मेट्रिक टन डिएपी र १ सय मेट्रिक टन पोटास आवश्यक पर्छ । मलको प्रयोग नगरिए २० देखि ३५ प्रतिशत उत्पादन घट्ने बताउँन् । तर किसानहरुले भने खेतिका समयमा मल पाउन सकेका छैनन् । त्यस्तै बीउ राम्रो नभए २० प्रतिशत उत्पादन घट्छ ।

 

 

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु