नेपालगन्ज —बाँकेमा नेपाली सेनाको परिचयपत्र बोकेका सन्जु आलेलाई १० ग्राम ६२० मिलिग्राम ब्राउनसुगरसहित प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बैजनाथ गाउँपालिका-२ घर भएका उनि पक्राउ परेका हुन । सेनाको परिचयपत्र बोकेका आलेलाई बैजनाथ गाउँपालिकास्थित घरबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
Advertisement
लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगन्ज र इलाका प्रहरी कार्यालय वनकटुवाबाट खटिएको संयुक्त टोलीले विशेष सूचनाको आधारमा सन्जुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।









