भूकम्पले धादिङमा १८ परिवारको घरगोठमा क्षति

 

५ कात्तिक, काठमाडौं । आइतबार बिहान ७ बजेर ३९ मिनेटमा धादिङको खरी आसपासलाई केन्द्रविन्दु बनाएर गरेको ६.१ रेक्टर स्केलको भूकम्पले १८ परिवारको घरगोठमा क्षति पुगेको छ ।

Advertisement

। भूकम्पको धक्का काठमाडौं उपत्यकाका साथै गोरखा, मकवानपुर, चितवनसम्म महसुस भएको थियो ।

धादिङका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेका अनुसार क्षतिको विवरण संकलन भइरहेको छ । ‘मानवीय क्षति छैन, घर गोठ चाँहि भत्किएको, चर्किएको छ’ उनले भने ।

 

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु