नाउपा सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारीमा

काठमाडौँ । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेसँगै नागरिक उन्मुक्ति पार्टीले संघ र प्रदेश सरकारबाट बाहिरिने निर्णयमा पुगेको छ।
पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले आज औपचारिक रूपमा संघ र प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने जनाएकी छन् ।

अध्यक्ष श्रेष्ठले गठबन्धनमै रहे पनि छलफल नै नगरी सुदूरपश्चिममा हाम्रो पार्टीका मन्त्रीलाई बर्खास्त गरेका कारण सरकारमा रहिरहनु उपयुक्त नलागेको जनाएकी छन् ।

Advertisement

पार्टीका संरक्षक रेशम चौधरीले पनि बिहीबारै सरकारबाट समर्थन फिर्ता लिने सामाजिक सन्जालमा बताएका थिए ।

सुदूरपश्चिममा कांग्रेस नेतृत्वमा एमाले र नागरिक उन्मुक्तिको संयुक्त सरकार छ । कांग्रेसका १८, एमालेका ११ र नागरिक उन्मुक्तिका ७ सांसद छन् । नागरिक उन्मुक्तिले समर्थन फिर्ता लिएपछि पनि संघ र प्रदेश सरकार अल्पमतमा पर्ने अवस्था भने छैन ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु