काठमाडौँ । उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीबाट रामेश्वर चौधरीलाई बर्खास्त गरिएको भोलिपल्ट शुक्रबार बसेको नागरिक उन्मुक्ति पार्टी प्रदेश संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।
Advertisement
खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिको कार्यकारी निर्देशक नियुक्ति प्रकरणले बढाएको असमझदारीले रामेश्वरले मन्त्री पद गुुमाएपछि समर्थन फिर्ता लिने निर्णयमा पुगेको प्रदेश संसदीय दलले जनाएको छ ।
संसदीय दलका नेता घनश्याम चौधरीले मुख्यमन्त्रीले बिना कारण मन्त्रीलाई बर्खास्त गरेपछि समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिने निर्णय गरिएको बताए । ७ जना प्रदेश सभा सदस्य रहेकोमा यो निर्णय गर्ने बैठकमा चार जना ९घनश्याम, रामेश्वर, टीका थापा र इन्दिरा गिरी० मात्र सहभागी थिए ।
मन्त्रीलाई बर्खास्त गरेपछि मुख्यमन्त्री कमलबहादुर शाहले आफूसँग रहेको दुुई तिहाइ बहुमत भने गुमाएका छन् । नेकपा एमाले र नेपाली कांग्रेसको समर्थनमा गत २० साउनमा दोस्रोपटक शाह मुख्यमन्त्री बनेका थिए ।
३० साउनमा शाहलाई नागरिक उन्मुक्ति पार्टीले समेत विश्वासको मत दिएको थियो । त्यसपछि शाहलाई ५३ जना प्रदेश सभा सदस्य मध्ये नेपाली कांग्रेसका १८, नेकपा एमालेका ११ र नागरिक उन्मुक्ति पार्टी९नाउपा०का ७ गरेर ३६ जनाको समर्थन थियो, जुन प्रदेश सभाको दुई तिहाइ बहुमत हो ।
नाउपाले समर्थन फिर्ता लिएपछि दुई तिहाइको सुविधाजनक बहुमत गुमाएपनि कांग्रेसका १८ र एमालेका ११ जना गरेर २९ जनाको समर्थन भने कायमै भएकाले शाह बहुमतमै छन् । किनकी ५३ सदस्यीय प्रदेश सभामा सरकारलाई २७ जनाको समर्थन चाहिन्छ । कांग्रेस प्रमुख सचेतक विक्रम धामीले दुई तिहाइ बहुमत गुुमेपनि सरकारसँग बहुमत कायमै रहेकाले सरकार सन्चालनमा कुनै समस्या नहुने बताए ।









