मोहर्रम मनाउँदै मुश्लिम समुदाय

बाँके — यहाँका मुश्लिम धर्मालम्बीहरुले मोहर्रम पर्व मनाई रहेका छन् । मोर्हरम सुरु भएयता उनीहरुले हरेक राति ढोल बजाउँदै नगरपक्रिमा गर्ने र स्थानीय कर्बलामा गएर दुख (मताम) मनाउने गरेका छन् ।

१० दिनसम्म चल्ने मोहर्रमका लागि मुश्लिमहरु ताजिया किनेर घरमा राखिसकेका छन् । अल्लाहको रुपमा घरमा ताजिया राखेर पुजा गर्ने र कर्बलामा लगेर बिर्सजन गर्ने नेपालगन्जका मुश्लिम अगुवा शकिलअहम्द कादरीले बताए ।

Advertisement

मुश्लिमहरुले इस्लामिक वर्षको पहिलो महिनादेखि मोहर्रम पर्व मनाउने गर्दछन् । अल्लाहका दुत ईमामे हुसनेले युद्वका क्रममा ईराकको कर्बलामा शाहदत प्राप्त गरेको सम्झनामा यो पर्व मनाईने गरिएको हो ।

अगुवा कादरीका अनुसार मोहर्रमको आठौ दिनमा ८ औं दिनमा मुश्लिमहरुले आगो र जन्जीरले मातम दिने र युवाहरुले नाङ्गो खुट्टाले आगोमा टेकेर अल्लाहका दुतलाई सम्झिने चलन रहेको छ । महिला वालवालिका, युवा वुढापाका रातभरी जाग्रम बस्छन् ।

ताजिया सेलाउने दिन मुश्लिम युवाहरुले छाती चिरेर अल्लाहका दुतलाई रगतको कुर्बानी दिने परम्परा छ ।
मुस्लिम युवाहरुले विभिन्न किसमका क्लब गठन गरी खेलहरु समेत प्रदर्शन गर्ने गर्दछन ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु