जोखिममा खाता जैविक मार्ग, बस्ती हुँदै बन्यजन्तु ओहोरदोहोर

नेपालगन्ज । बाँके राष्ट्रिय निकुन्ज र भारतीय सीमावर्ती सुहेलवा निकुन्ज सेन्चुरी जोड्ने जैबिक मार्ग (कोरीडोर) पनि जोखिममा परेको छ । उक्त जैबिक मार्र्ग बाघ, हात्तीलगायतका बन्यजन्तुहरु ओहोरदोहोर गर्ने प्रमुख नाका भएका कारण संरक्षण थालिए पनि सफल हुन सकेको छैन । अतिक्रमण टुक्रिएका स्थानलाई वनसंग जोड्न बृक्षा रोपण गरिएको थियो । नेपाल—भारतका निकुन्जका बन्यजन्तु ओहोरदोहोर गर्ने उक्त जैबिक मार्ग मुलुकको प्रमुख सात मध्ये पर्छ ।

बन्यजन्तु ओहोरदोहोर हुने क्षेत्रमा बस्ती बस्ने, वन अतिक्रमण हुने गरेका कारण समस्या बल्झिदै गएको हो । केही बस्तीका कारण खाता केरिडोर टुक्रिएर संघुरो हुँदै गएको छ । यसले संरक्षणमा चुनौती थपिएको हो । भारतको कतर्निया सेन्चुरी र बर्दिया निकुन्ज जोड्ने खाता जैविक मार्ग आसपासमा बाघको आक्रमणमा परी स्थानीयको मृत्यु हुने गरेको छ । मधुवन गाउँपालिकाको ओराली बजार र खातामा जैविक मार्ग टुक्रिएको छ । जैविक मार्गमा गाउँ बसिसकेको छ । मानव बस्ती नहुंदा उक्त जैविक मार्ग भएर बन्यजन्तु आउजाउ सहजै गर्थे । अवरोध भएपछि बन्यजन्तु गाउँमै पस्न थालिसकेका छन् । जसका कारण द्धन्द्ध बढेको हो । ओराली बजार शहर बन्दै छ । खातासम्म गाउँ छ । बस्ती हटाउन नसके जैविक मार्ग खतरामा पर्ने र भारत र बर्दिया निकुन्जको सम्बन्ध टुट्न सक्छ ।

Advertisement

गुलरिया नगरपालिका काटेपछि सुरु हुने मधुवन नगरपालिकादेखि कर्णाली कोठियाघाट पुलसम्मको हुलाकी राजमार्ग छेउछाउका गाउँहरुमा बन्यजन्तुहरु ओहोरदोहोर गर्ने स्थान भन्दै बोर्ड राखिएको छ । उक्त राजमार्ग भएर आउजाउ गर्नेहरुलाई बन्यजन्तुबाट जोगिनका लागि सूचना दिइएको हो । गाउँबस्ती भएर बन्यजन्तु आउजाउ गरेपछि सुरक्षा संबेदनशिलता बढेको हो । उक्त क्षेत्र बर्दिया राष्ट्रिय निकुन्ज र भारतको कर्तनीया सेन्चुरी संरक्षित क्षेत्रलाई जोड्ने जैविक मार्ग (करिडोर) हो । खाता गाउँको सडकमै दिउँसै पटकपटक पाटे बाघ हिड्छ । गाउँ भएर बन्यजन्तु किन हिड्छन् त ? बन्यजन्तु ओहोरदोहोर गर्ने स्थानमा बस्ती बसेपछि हिड्ने भए नि,’ स्थानीय भन्छन्‘त्यसैले बन्यजन्तु ओहोरदोहोर गर्ने स्थानमा सूचनाका लागि बोर्डहरु राखेका छौँ । यसले सुरक्षा संबेदनशिलतासंगसंगै सुरक्षाका लागि सचेत गराउन सहयोग पुगुको छ ।’

 

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु