भाउजुको हत्या गरेको अभियोग मोरङमा देवर पक्राउ

 

मोरङ – आफ्नै भाउजु ६० वर्षीया टिकामाया कार्की बस्नेतको हत्या गरेको अभियोगमा रतुवामाई नगरपालिका-६ बस्ने ६९ वर्षीय टंकबहादुर बस्नेतलाई सोमबार प्रहरीले पक्राउ गरेको छ।

Advertisement

रतुवामाई नगरपालिका-६ स्थित आफ्नै बारीमा टिकामाया शनिबार दिउँसो मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धानको क्रममा इलाका प्रहरी कार्यालय सिजुवा समेतबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न टंकबहादुरलाई पक्राउ गरेको हो।

प्रारम्भिक अनुसन्धानको क्रममा टंकबहादुरले आपसी झै-झगडा तथा रिसिवीको कारण हँसियाको बिड प्रहार गरी टिकामायाको हत्या गरेको खुल्न आएको छ। उनीहरूबीच अंशसम्बन्धी झगडा रहेको मोरङ प्रहरीले जनाएको छ।

उनी उपर जिल्ला अदालत मोरङबाट ज्यान सम्बन्धी कसूर (कर्तव्य ज्यान) मुद्दामा म्याद थप अनुमति लिई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु