बाँके – जानकी गाउँपालिका-६ पिप्रहवा चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ४० मिलिग्राम सहित सोही ठाउँ बस्ने ४४ वर्षीय जलिल खाँ लाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी गनापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहाबाट अवैध लागूऔषध २ ग्राम ६ सय ३० मिलिग्राम सहित भारत उत्तर प्रदेश बहराईच निबिया गाउँ बस्ने ४४ वर्षीय नौसाद सिद्धिकी समेत २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जमुनाह समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको युपी ४० एन ०१७० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।








