कपिलवस्तु, २४ असार- बुद्धभुमी नगरपालिका-२ गोरूसिङ्गे जंगलस्थित सडकमा लु.२ च ९२३७ नम्बरको एम्बुलेन्स र लु.१ ज ४२८० नम्बरको विङ्गर एकआपसमा ठक्कर खाई सोमबार दिउँसो दुर्घटना हुँदा एम्बुलेन्समा सवार अर्घाखाँची भुमिकास्थान नगरपालिका-१० बस्ने ९५ वर्षीय ईन्द्रकला रानाको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको युनाईटेड अस्पताल ठाकुरापुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
Advertisement
साथै दुर्घटनामा घाइते भएका एम्बुलेन्समा सवार अन्य २ जनाको युनाईटेड अस्पताल ठाकुरापुरमा, विङ्गरमा सवार मध्ये ५ जनाको सामुदायिक अस्पताल, ५ जनाको सिएमसी अस्पताल चार नम्बर कपिलवस्तु र ४ जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ भने एम्बुलेन्स चालकको समेत लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।








