कोहलपुरमा तीन जना बालक स्कुलबाटै हराए

नेपालगन्ज /ईकान्तिपुर—बाँकेको कोहलपुर नगरपालिका–३ स्थित कोहलपुर बागेश्वरी इंग्लिस मिडियम स्कुलमा अध्ययनरत तीन जना बालक स्कुलबाटै हराएका छन् ।

कक्षा ८ मा अध्ययनरत १५ वर्षीय निरज थापा, १३ वर्षीय पवननाथ योगी र १२ वर्षीय रोविन्द्र खड्का असार २२ गते अपराह्नदेखि सम्पर्कविहीन भएका हुन् ।

Advertisement

स्कुलका प्रिन्सिपल विष्णु केसीका अनुसार विद्यार्थीहरू असार २२ गते दिउँसो ३ः५५ बजेसम्म स्कुलमै थिए र करिब ४ः३० बजेतिर बाहिर निस्केका थिए। प्रिन्सिपल केसीकाले बताए अनुसार विद्यार्थीहरूले पहिल्यैदेखि भाग्ने योजना बनाएको कुरा उनीहरूका साथीहरूबाट थाहा भएको छ । ‘उनीहरूले भाग्ने योजना बनाएको कुरा कक्षाका अरु साथीहरूले सुनेका रहेछन्, तर के कारणले र कहाँ गए भन्ने खुलेको छैन,’ उनले भने।

विद्यार्थीका आफन्तले भने घटनामा विद्यालयको चरम लापरबाही भएको आरोप लगाएका छन्। हराएकामध्ये कोहलपुर–३ मदनचोकका निरज थापा सोही स्कुलको होस्टेलमा बसेर अध्ययन गर्थे ।

 

उनीहरू हराएको तीन दिन बितिसक्दा पनि अवस्था अज्ञात छ भने प्रहरीले उनीहरू भारत पुगेको हुन सक्ने प्रारम्भिक अनुमान गरेको छ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख, प्रहरी नायब उपरीक्षक (डिएसपी) लक्ष्मी खनालले प्रारम्भिक अनुसन्धानमा विद्यार्थीहरू भारत पुगेको हुन सक्ने संकेत देखिएको बताएकी छन्।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु