राप्ती नदीमा फसेका राप्ती सोनारीका ३ जनाको सकुशल उद्धार

नेपालगन्ज । गाई गोरु चराउन गएका बेला  बाँके जिल्लाको राप्तीसोनारी गाउँपालिका–५ गोरधुईस्थित राप्ती नदिमा फसेका तीन जनाको सकुशल उद्धार गरिएको छ ।

स्थानीय  ५२ वर्षीय मानसिंह धामी, ६९ वर्षीय लीलबहादुर खत्री र ५० वर्षीय ससु वलीलाई सकुशल उद्धार गरिएको हो । उनीहरु सबैको अवस्था सामान्य छ ।

Advertisement

उनीहरुलाई सशस्त्र प्रहरीले बुधबार सकुशल उद्धार गरेको जनाएको छ । गाईवस्तु चराउन गएका उनीहरू राप्ती नदीमा एक्कासी आएको बाढीको कारण नदीको बीच टापुमा फसेका थिए ।

उनीहरू फसेको जानकारी पाएपछि सशस्त्र प्रहरी बल नेपाल नं. ४२ रिजर्भ शंम्शेरगंज बाँकेबाट खटिएको गोताखोरसहितको सुरक्षा फौजले उद्धार गरेको हो ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु