बाँके, २६ असार- डुडुवा गाउँपालिका-३ हलबलडोली बस्ने ४० वर्षीय राधे खटिकको करेन्ट लागेर बुधबार दिउँसो मृत्यु भएको छ ।
नेपालगंज उपमहानगरपालिका-२१ बिर्तास्थित आफ्नै खेतमा पानी तान्ने विद्युतीय मोटरको तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको भेरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यससम्बन्धमाप्रहरीलेआवश्यकअनुसन्धानगरिरहेकोछ।









