बाँकेमा कृषि आधुनिकिकरण परियोजनाको अनुदान कार्यक्रमको संयुक्त अनुगमन


नेपालगन्ज, २६ असार २०८२
बाँकेमा प्रधानमन्त्रि कृषि आधुनिकिरण परियोजनाले चालु आर्थिक बर्ष ०८१÷८२ मा सम्पन्न गरेका बिभिन्न अनुदानका कार्यक्रमहरुको संयुक्त अनुगमन गरिएको छ । जिल्ला समन्वय समिति बाँकेका संयोजक ज्ञानेन्द्र कुमार चौधरीको प्रमुख अगुवाईमा बिभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागितामा संयुक्त अनुगमन गरिएको परियोजना कार्यन्वयन ईकाइ बर्दियाका कृषि अधिकृत युराज बिकले बताए । अनुगमनका क्रममा संयोजक चौधरीले भने, परियोजना मार्पmत सरकारले किसानहरुलाई ५० प्रतिशत अनुदानमा दिएको कृषि समाग्रीको योजना एकदम राम्रो भएको बताए । यसबाट किसानहरुलाई धेरै फाइदा पुग्ने छ । साथै कृषि यान्त्रको सुरक्षितका साथ संरक्षण गरी प्रयोग गर्न किसानहरुलाई सुझाव समेत संयोजक चौधरीले दिए । अनुगमनकै क्रममा जिल्ला समन्वय समतिका सहसंयोजक सिता कार्कीले बास्तबिक किसानलाई छनोट गरेर कार्यक्रम लागु गरेको बताइन् । जसले बस्तबिक किसानलाई राहत पुगेको छ । अगामी दिनमा कार्यक्रम लागु गर्दा स्थानीय तहसंग पनि समन्वय गरेर लागु गर्दा थप प्रभावकारी हुने उनले सुझाव समेत दिइन् ।

Advertisement

अनुगमनमा बैजानाथ ४ बोरिङ्ग टोलको धान चकला बन्दी कार्यक्रमको अनुगमन गरिएको छ । जहाँ १० हेक्टर क्षेत्रफलममा हर्दिनाथ ६ मसिना धानको पहिलो पटक खेती गरिएको छ । रारा प्राबिधिक कृषक समुह मार्पmत गरिएको खेतीका लागि सिचाई तथा कृषि यान्त्र बिउबिजनका लागि ५ लाख बजेट अनुदान दिइएको छ । समुहका अध्यक्ष रत्न बुढाले कृषि यान्त्र पाएपछि खेती गर्न धेरै सहज भएको बताए । समुहका किसानलाई मात्रै नभएर गाउँ सबै किसानलाई खेती किसानी गर्नका लागि परियोजनाबाट प्राप्त भएको यन्त्रले टेवा पु¥याएको उनले बताए । यस्तै बैजानाथ ४ मा रहेको बिबिएस राईस मिललाई पनि मिलको यान्त्र खरिद तथा संञ्चालन गर्नका लागि २० लाख रुपैया दिएको अनुदानको अनुगमन गरिएको छ । अहिले मिल संञ्चालनको क्रममा रहेको छ । स्थानीय किसानबाट उत्पादन भएको धान खरिद गरी चामल ब्रण्डीङ गरी बजारमा पठाउने योजना छ । जसबाट स्थानीय किसानलाई उचितमा मुल्यमा धान बिक्रि तथा कुटानीपिसानीका लागि सहज हुने परियोजनाका कृषि अधिकृत गणेश प्रसाद यादवले बताए । अनुगमन कै क्रममा बैजानाथ ७ पेडारीमा गरिएको तरकारी खेती, जानकी ४ नहर खजुरामा स्थापना गरिएको कष्टम हायरिङ्ग सेन्टरको समेत अनुगमन गरिएको छ । कष्टम हायरिङ्ग सेन्टरमा खेती किसानीका लागि आवश्यक पर्ने सम्प्पुर्ण यान्त्रका लागि १५ लाख रुपैया अनुदान दिइएको थियो । कष्टम हायरिङ्ग सेन्टर स्थापना पछि स्थानीहरुलाई खेती किसानी सहज हुनुका साथै सहुलियत दरमा स्थानीय किसानलाई यान्त्र उपलब्ध गराउने गरेको समुहका अध्यक्ष लोकनाथ बर्माले बताए ।

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यन्वयन ईकाई बर्दियाले बाँकेमा धान जोन र तरकारी जोनमा परियोजना लागु गरी काम गरिरहेको छ । जसले किसानहरुलाई धान र तरकारी खेती गर्नका लागि किसानहरुलाई अनुदानमा कृषि यान्त्र तथा आवश्यक समाग्री अनुदानमा बितरण गर्दै आएको परियोजनाका कृषि अधिकृत यादवले बताए । जसबाट किसानहरुलाई खेती किसानी गर्न तथा उत्पादनमा समेत बृद्धि भै किसानहरुलाई टेवा पु¥याउदै आएको छ ।
संयुक्त अनुगमन कार्यक्रममा कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख बिनोद घिमिरे, भेटेनरी अस्पताल तथा पशुसेवा बिज्ञ केन्द्र बाँकेमा प्रमुख कमला अधिकारी, जिल्ला समन्वय समितिका सदस्य जुली फिकर अलि, तरकारी जोन संञ्चालक समन्वय समितिका संयोजक उदीराम ओली, धान जोन संञ्चालक समन्वय समितिका संयोजक जगत शाही, जिल्ला प्रशासन कार्यालय बाँकोका नायब सुब्बा खड्का बहादुर बस्नेत, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना परियोजना कार्यन्वय ईकाईका कृषि अधिकृत चन्द्र बहादुर बुढा, प्राबिधिक सहायक धनसिंह बुढा लगायत् सरोकारवाला निकायको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु