पम्पसेटको सिचाईको भरमा रोपाई

नेपालगन्ज— प्रयाप्त बर्षा नभएका कारण बर्दियामा धान रोपाई पूरा हुन समस्या देखिएको छ । किसानले खल्डाखुल्डीमा रहेको पानी पम्पसेटबाट तानेर सिचाई गरी रोपाई गरेका छन् । तर त्यो पनि सुकेपछि रोपाई ठप्प हुन सक्ने देखिएको छ । पानी अभावमा रोपाई पहलिएको छ । संचाई अभावमा रोपाई रोकिएपछि धानको ब्याड छिपिन थालेको छ ।

समयमै रोपाई हुन नसके उत्पादन घट्न सक्ने कृषि अधिकारीहरु बताउँछन् । पानी भएको खेतमा रोपाई भइसक्यो । तर लामो समयसम्म पानी नपरेका कारण रोपाई ठप्प भएको हो । खल्डाखुल्डीमा भएको पानी सकिएकाले पम्पसेटबाट पनि सिचाई सम्भव भएको छैन ।

Advertisement

उनले बा“केमा करिव ६० प्रतिशत धान रोपाई भएको दाबी गरे । तर नेपालगन्ज, खजुरा र जानकी क्षेत्रमा अझै पनि खेत बा“झै देखिन्छन् । केही किसानहरुले ट्युबेलबाट सिंचाई गर्ने प्रयास गरिरहेका छन् । तर त्यसरी सिंचाई गर्दा निकै मह¨ो पर्ने गरेको छ ।

सिचाई अभावले रोपाई गर्न नसकेपछि गरामा रहेको धानको ब्याड छिप्पिदै गएको छ । ३० दिन बढीको ब्याडले राम्रो उत्पादन नहुने कृषि अधिकारीहरुको भनाई छ । धान उत्पादन बढाउन १५ प्रतिशत उन्नत बीउ र ५० प्रतिशत रसायनिक मलले काम गर्दछ । बुढो व्याडलाई घनारुपमा रोपाई गर्न कृषि अधिकारीहरुको सुझाव छ । छिटो तयार हुने धानको बीउ राखेको २५ दिनसम्म रोपाई गरे उत्पादन बढ्छ । जिल्लामा ५२ हजार २ सय ३८ हेक्टर खेती योग्य जग्गा छ । । सिंचाइंं सुविधा नभएको स्थानमा किसानहरुले साना ट्युबेल जडान गरेका छन् । तर रोपाईका लागि त्यसबाट प्रयाप्त सिंचाई गर्न मिल्दैन ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु