बर्दिया- बारबर्दिया नगरपालिका ६ मानपुर बस्ने गोबिन्द थारूको छोरा ९ वर्षीय गौरव थारूको सोही ठाउँस्थित खटैरा खोलामा डुबेर शनिबार साँझ मृत्यु भएको छ ।
पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको स्थानीय नगर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।









